राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताएका छन् ।

बागलुङ उद्योग वाणिज्य सङ्घको ५७औँ साधारणसभामा आज उनले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताए ।

“राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ, अर्थतन्त्र ओरालो लाग्छ”, श्रेष्ठले भने ।

उनले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतीकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अर्थतन्त्रमा कृषि, उद्योगलगायत क्षेत्रको योगदान घट्दै गएकामा चिन्ता प्रकट गरे । हरेक देशको विकास र समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले भने, “लगानीका क्षेत्रमा ६० प्रतिशत निजी क्षेत्रको योगदान छ, यस्तै राजश्वमा ८० प्रतिशत निजी क्षेत्रले ओगट्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ कारण समस्यामा परेका उद्योगी, व्यवसायीलाई राहत दिने सरकारी योजना कार्यान्वयनमा आउन नसकेकामा दुःखेसो पोखे ।

राष्ट्रिय पूँजी निर्माणका लागि लगानीमा जोड दिँदै उनले छिट्टै बागलुङमा नयाँ परियोजनामार्फत लगानी भित्र्याइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : २६ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी