भारतको रक्षा बजेट १५ वर्षपछिको सवैभन्दा धेरै « Khabarhub

भारतको रक्षा बजेट १५ वर्षपछिको सवैभन्दा धेरै


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ ।

रक्षा शीर्षकमा बजेट अत्याधिक धेरै छुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् ।

अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सवैभन्दा धेरै भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैयाँ छुट्याइएको थियो ।

अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको वार्षिक बजेट घोषणा गरेका थिए । भारतको यस वर्षको बजेट ४.७८ करोडको रहेको छ ।

‘अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ वर्षपछिकै सवैभन्दा धेरै हो,’ रक्षामन्त्री सिंहले भने ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ४२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने