करण केसीआवद्ध पुने डेभिल्सको तेस्रो हार | Khabarhub Khabarhub

करण केसीआवद्ध पुने डेभिल्सको तेस्रो हार


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आबद्ध पुने डेभिल्सले तेस्रो हार व्यहोरेको छ ।

आबुधाबी जारी टी-१० लिगमा सोमबार भएको खेलमा पुने बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको हो ।

पुनेले दिएको १ सय १६ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

बंगलाको जितमा टम मोरेसले अविजित ३८ रन जोडे । यस्तै आन्द्रे फ्लेट्चर र चिराग सुरीले ३०-३० रन बनाए । पुनेका मोहमद आमिरले १ विकेट लिए । करण एक ओभर बलिङ गर्दै १७ रन दिए । उनले विकेट लिन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको पुनेले १० ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

पुनेका टम काडमोरले ४८ रन बनाए । यस्तै एलेक्स डेभिसले अविजित ४१ रन बनाए ।

हारसँगै समूह ‘बी’ को पुछारमा रहेको पुनेको ४ खेलमा २ अंक मात्र छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र