जुम्लामा मार्सीधान पाक्न थाल्यो « Khabarhub

जुम्लामा मार्सीधान पाक्न थाल्यो


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका धानफाँट पँहेलपुर हुन थालेका छन् । पछिल्लो समय देश तथा विदेशमा मार्सी धानको चामलको माग बढ्दै गएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । यो याममा खेतबारी मार्सीधानलगायत अन्य जातको धानले पँहेलपुर भएको छ ।

मार्सीधान, संरक्षण प्रवर्द्धनमा प्रदेश सरकारको प्रथामिकतामा परेको छ । कार्यक्राअन्तर्गत प्राङ्गारिक कृषि प्रवद्र्धन, रैथाने बाली विकास र संरक्षणका लागि प्रदेशको कृषि मन्त्रालयबाट रु ८ लाख ५० हजार बजेट विनियोजन भएको प्रमुख अधिकारीले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाबाट मार्सीधान ब्लक विकास कार्यक्रमका लागि रु ८ लाख प्राप्त भएको छ । जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धान खेतीहुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सीधान उत्पादन हुने गरेको कार्यालय प्रमुख अधिकारीले बताए ।

गत वर्ष कात्तिकदेखि फागुन मसान्तसम्म करिब १७५ मेट्रिक टन मार्सी धानको चामल बिक्री वितरण गरिएको थियो । सोबाट रु तीन करोड ५० लाख किसानले आम्दानी गरेको कार्यालयले जनाएको छ । कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ११ : ०३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु