म्यानमारको सैन्य ‘कु’ मा नेपालको आपत्ति, सुकीसहितका नेतालाई रिहा गर्न आग्रह « Khabarhub

म्यानमारको सैन्य ‘कु’ मा नेपालको आपत्ति, सुकीसहितका नेतालाई रिहा गर्न आग्रह


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले म्यानमारमा भएको सैन्य ‘कु’ मा आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति यु विन मिन्ट, नेतृ आङसाङ सुकीलगायतलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले म्यानमारमा हालसालै भएका घटनाक्रमहरूलाई नेपालले राम्ररी नियालीरहेको बताएको छ ।

‘हामी विश्वास गर्दछौँ कि यसमा संलग्न सबै पक्षहरूले म्यानमारका जनताको इच्छाको सम्मान गर्नेछन् र आशा गर्दछन् कि प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै पुनःस्थापित हुनेछ’, मन्त्रालयले भनेको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिँदै एक  वर्षको संकटकाल लगाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ५० बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ