सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण « Khabarhub

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ ।

विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा ३५ जनाले रगतदान र ८६ सवारी चालकको आँखा तथा कानको परीक्षण गरिएको हो ।

जिल्लामा पछिल्लो समय सडक सवारी दुर्घटना बढेका कारण प्रहरीले समुदायसँग मिलेर दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको हुँदा उनीहरुलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिएको बताए ।

उनका अनुसार कान नसुन्ने र आँखामा समस्या भएका चालकलाई सवारी नचलाउन र थप उपचारका लागि चिकित्सकले सल्लाह र सुझावसमेत दिएका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यवसायीले रगतदान गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : २८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल