भादगाउले टोपीमा जेकी श्राफ | Khabarhub Khabarhub

भादगाउले टोपीमा जेकी श्राफ


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडका सुपरस्टार जेकी श्राफले सोमबार आफ्नो ६४ औं जन्मदिन मनाए । बलिउडका कैयौं कलाकार तथा स्टारले अझै पनि उनलाई सामाजिक सन्जालमा शुभकामना दिइरहेका छन् । उनकी श्रीमति आयशा श्राफले आफ्नो अफिसियल इन्स्टाग्राममा एक तस्बिर शेयर गर्दै शुभकामना दिएकी छन् ।

आयशाले राखेको जेकीको तस्बिरमा जेकी नेपालको झन्डा र खुकुरी अंकित भादगाउले टोपी लगाएर हाँसिरहेका छन् । उनले यो तस्बिर कहाँ खिचेका हुन् भन्ने केही खुलाइएको छैन । आयशाले क्याप्सनमा ‘विश्वकै सर्वश्रेष्ठ पिता र विश्वकै सबैभन्दा दिलदार व्यक्तिलाई जन्मदिनको शुभकामना’ लेखेकी छन् । आयशाको यो पोस्टमा उनलाई बलिउडका कलाकार तथा स्टारले शुभकामना दिइरहेका छन् ।

जेकीलाई बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले ‘दादा’ भनेर सम्बोधन गर्छिन् । जेकी मनिषाको विवाहताका नेपाल पनि आएका थिए । मनिषाले गत वर्षको जनवरी ७ मा जेकीसँगको तस्बिर ट्वीटरमा राखेकी थिइन् । जहाँ जेकी ढाका टोपीमा सजिएका थिए ।

जेकीले बलिउडमा निकै लामो यात्रा तय गरेका छन् । उनले आफ्नो करियर मोडलिङबाट शुरु गरेका थिए । त्यसपछि उनले कैयौं फिल्ममा सानो सानो भूमिका निभाए । तर निर्देशक सुभाष घईको फिल्म ‘हीरो’ले उनलाई पहिचान दिलायो । त्यसपछि उनले ‘कर्मा’, ‘राम लखन’, ‘त्रिदेव’, ‘सौदागर’, ‘त्रिमूर्ति’ जस्ता हिट फिल्ममा प्रमुख भूमिकामा अभिनय गरे ।

उनी चाँडै नै सलमान खानको फिल्म ‘राधे योर मस्ट वान्टेड भाई’मा एक प्रहरी अधिकृतको भूमिकामा देखिदैछन् । यसबाहेक उनी हाल फिल्म ‘अतिथि भूतो भव’को सुटिङमा व्यस्त छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ४० बजे

दाङमा दुई महिलाको हत्या

घोराही – घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या

रातो मछिन्द्रनाथको रथयात्रा सुरू (फोटोफिचर)

काठमाडौं – वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ

उत्पादनका आधारमा किसानलाई अनुदान

गोरखा – गण्डकी गाउँपालिकाले पालिकाभित्रका किसानलाई व्यावसायिक तरकारी उत्पादनका आधारमा

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा रङ्गीन प्रकाश

केप क्यानभरल । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार

आजका समाचार : कांग्रेस बैठकदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै अनशनसम्म

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी प्रमुख