‘मिस्टर एण्ड मिस थारु’को तयारी | Khabarhub Khabarhub

‘मिस्टर एण्ड मिस थारु’को तयारी


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२१’ को तयारी सुरू भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टले आयोजना गर्न लागेको प्रतियोगिताका लागि यही माघ २४ गतेबाट अडिसन सुरू हुँदैछ ।

आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ । इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले अडिसनस्थलदेखि सहभागीहरुको तयारी पुरा भइसकेकोले फागुन पहिलो सातासम्म अडिसनका सबै काम सकिने बताए ।

पहिलो दिनको अडिसन चितवनको भरतपुरस्थित लाइम एण्ड लेमन लङज, विराटनगरको इनर्जी वल्र्ड जिम एण्ड फिटनेस सेन्टर र नेपालगञ्जको स्वस्तिक कटेज एण्ड गार्डेन रिसोर्टमा हुनेछ । यस्तै माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ ।

यस्तै फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रवन्ध निर्देशक चौधरीले बताए । अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण गरिने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

प्रतियोगिताको इभेन्ट मेन्टर निश्मा चौधरीले प्रतियोगिताले युवायुवतीहरुलाई व्यक्तित्व विकासमा टेवा पुर्‍याउनुको साथै कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताइन् । उनले ‘मिस्टर एण्ड मिस थारु’ सिजन १ र २ मा कोरियोग्राफीको भूमिका निर्वाह गरेकी थिइन् । सिजन २ की फस्ट रनरअप सुनेश्वरीकुमारी दासले यस प्रतियोगिताले आफ्नो व्यक्तित्वको विकासको साथै समाजप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको बताइन् । उनले प्रतियोगिता पश्चात पनि सहभागिहरुले विभिन्न अवसरहरु पाउने भएकाले यस सिजनमा सहभागि हुन युवायुवतीहरुलाई आग्रह गरिन् ।

नेपालको जनसंख्यामध्ये चौथो स्थानमा रहेको थारु समुदाय विशेषगरि देशको तराई क्षेत्रमा आदिमकालदेखि स्थायी रुपमा बसोबास गर्दै आइरहेको छ । यही समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : ०५ बजे

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन

मुस्ताङ– मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ ।