दाहाल-नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी (भिडियोसहित) « Khabarhub

दाहाल-नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी (भिडियोसहित)


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेका छन् ।

कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गरेका हुन् ।

हेरौँ भिडियो

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोगमा वैधानिकताको दाबी पेस गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए।

साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत २७५ सदस्य आफ्नो पक्षमा रहेको हस्ताक्षरसहित आधिकारिकता पेस गरिएको उनले बताए ।

समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कार्बाही गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्दै पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : ०० बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान