शूटिङमा शाहरुखको यस्तो रेकर्ड « Khabarhub

शूटिङमा शाहरुखको यस्तो रेकर्ड


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानको हाल छायांकनरत फिल्म ‘पठान’को केही एक्सन दृश्य दुबईको बुर्ज खलिफामा खिचियो ।

धेरै बलिउड तथा दक्षिण भारतीय फिल्मले पृष्ठभूमिमा यो आइकनिक टावरको ब्याकड्रप राखेर सुटिङ गरिरहँदा शाहरुख भने फिल्मको टिम लिएर बुर्ज खलिफामै खिचे । यो त्यही स्थानमा हो, जहाँ हलिउडका टम क्रुजको ‘मिसन इम्पोसिबलः घोस्ट प्रोटोकल’ र भिन डिजेल अभिनित ‘फास्ट एण्ड फ्युरियस’मात्र खिचिएको छ । यही कारण पनि शाहरुख बुर्ज खलिफामा फिल्म सुटिङ गर्ने पहिलो बलिउड कलाकार बनेका छन् ।

फिल्मका लागि दुबईको सडकमा केही दिन अघिमात्र कुदिरहेको कार र ट्रकमाथि एक्सन दृश्यको छायांकन गरिएको थियो । बुर्ज खलिफामा शाहरुख र अभिनेता जोन अब्राहमको एक्सन दृश्य खिचिएको छ ।

शाहरुखका अघिल्ला केही फिल्मले पनि सुटिङको मामलामा यस्तै रेकर्ड राखेको छ । उनको फिल्म ‘स्वदेश’ पहिलोपटक नासामा छायांकन गरिएको थियो । शाहरुख अभिनित ‘जब तक हे जान’ पहिलोपटक डिस्कोभरी च्यानलको मुख्यालयमा खिचिएको थियो ।

यस्तै उनको फिल्म ‘फ्यान’ लण्डनको मेडम टुसादमा छायांकन गरिएको थियो । हालसम्म यी स्थानमा कोही पनि बलिउड कलाकारका फिल्म सुटिङ गरिएका छैन ।

शाहरुख आफ्ना हरेक फिल्ममा केही न केही नयाँ गर्न रुचाउँछन् । त्यसैको निरन्तरताको रुपमा फिल्म ‘पठान’को छायांकन बुर्ज खलिफामा गरिएको बुझाइ फिल्म विश्लेषकहरुको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : १२ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको