युद्धमा कहिल्यै नहारेका हामी 'यत्रा डल्ला फ्याँक्दा' किन हार्ने ? : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

युद्धमा कहिल्यै नहारेका हामी ‘यत्रा डल्ला फ्याँक्दा’ किन हार्ने ? : प्रधानमन्त्री (भिडियोसहित)


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने तर्क गरेका हुन ।

उनले खेलकुदमा नेपाल किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिँदै भने, ‘नेपाल कहिल्य उपनिवेश बनेन। यत्रा डल्ला फ्याँक्दा किन हार्ने ? कक्रेटमा किन हार्नु परेको छ ? तोप गोलासँग नहार्ने, लडाइ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो । एउटा कुस्ती हार्‍यौं,’ उनले भने।

हेरौँ भिडियो

ओलीले जितका लागि अभ्यासलाई माथि उठाउन आवश्यक भएको बताए। त्यसका लागि लेटेस्ट स्पोर्टस टेक्नोलोजी आवश्यक भएको उनले बताए ।

‘मलाई पोल जम्पमा पठाउनु भयो भने गल्ती हुन्छ। छनोटनमा गल्ती हुनुहुन्न। ट्यालेन्ट छनोट हुनुपर्छ। इन्भेस्ट ठीक ठाउँमा गर्नुपर्छ। अनि राम्रो उत्पादन आउँछ,’ उनले भने।

खेलाडीको कदर गर्न आफूले नै सुरु गरेको ओलीले बताए । उनले यो क्रम अझै बढने बताए। ‘कामको कदर गर्न अलि धित मर्नेगरी मैले नै सुरु गरेको होला। अझै अघि बढने छ,’ उनले भने।

खेल क्षेत्रको बजेट बढ्छ

सम्बोधनकै क्रममा ओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वासन पनि दिए ।

कोरोनाका कारणले यस आर्थिक वर्षमा बजेट घटेको उनले बताए । उनले भने, ‘सन् २०२१ भित्रै कोरोना लेखेट्छौं। पहिलेको भन्दा बजेट बढेर आउँछ।’

प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रलाई अनुत्पादक भन्न नमिल्ने बताए ।

‘खेलकुदले धान फलाउँदैन। आलु पनि फलाउँदैन। ज्याकेट नि सिलाउँदैन भनेर अनुत्पादक भन्नुहुन्न,’ उनले भने,’ स्वर्ण पदकले पर क्यापिटा इनकम, जीडीपी बढाउँदैन तर आफ्नो हिसाबको उपलब्धि दिन्छ। अनुत्पादक होइन ।’

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : ४६ बजे

आजका समाचार : कांग्रेस बैठकदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै अनशनसम्म

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी प्रमुख

गण्डकीको कला, साहित्य विश्वभर फैलाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका कला र साहित्यलाई

रफाहका बासिन्दालाई सो क्षेत्र छोड्न इजरायलको चेतावनी

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजाको रफाहबाट हजारौं मानिसहरूलाई क्षेत्र छाड्न

संघीय शिक्षा ऐन जरुरी : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका

लाजिम्पाटमा ‘जापानी खाना उत्सव’

काठमाडौं – इजाकाया होक्काइडोको आयोजनामा र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी