युद्धमा कहिल्यै नहारेका हामी ‘यत्रा डल्ला फ्याँक्दा’ किन हार्ने ? : प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

युद्धमा कहिल्यै नहारेका हामी ‘यत्रा डल्ला फ्याँक्दा’ किन हार्ने ? : प्रधानमन्त्री (भिडियोसहित)


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने तर्क गरेका हुन ।

उनले खेलकुदमा नेपाल किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिँदै भने, ‘नेपाल कहिल्य उपनिवेश बनेन। यत्रा डल्ला फ्याँक्दा किन हार्ने ? कक्रेटमा किन हार्नु परेको छ ? तोप गोलासँग नहार्ने, लडाइ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो । एउटा कुस्ती हार्‍यौं,’ उनले भने।

हेरौँ भिडियो

ओलीले जितका लागि अभ्यासलाई माथि उठाउन आवश्यक भएको बताए। त्यसका लागि लेटेस्ट स्पोर्टस टेक्नोलोजी आवश्यक भएको उनले बताए ।

‘मलाई पोल जम्पमा पठाउनु भयो भने गल्ती हुन्छ। छनोटनमा गल्ती हुनुहुन्न। ट्यालेन्ट छनोट हुनुपर्छ। इन्भेस्ट ठीक ठाउँमा गर्नुपर्छ। अनि राम्रो उत्पादन आउँछ,’ उनले भने।

खेलाडीको कदर गर्न आफूले नै सुरु गरेको ओलीले बताए । उनले यो क्रम अझै बढने बताए। ‘कामको कदर गर्न अलि धित मर्नेगरी मैले नै सुरु गरेको होला। अझै अघि बढने छ,’ उनले भने।

खेल क्षेत्रको बजेट बढ्छ

सम्बोधनकै क्रममा ओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वासन पनि दिए ।

कोरोनाका कारणले यस आर्थिक वर्षमा बजेट घटेको उनले बताए । उनले भने, ‘सन् २०२१ भित्रै कोरोना लेखेट्छौं। पहिलेको भन्दा बजेट बढेर आउँछ।’

प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रलाई अनुत्पादक भन्न नमिल्ने बताए ।

‘खेलकुदले धान फलाउँदैन। आलु पनि फलाउँदैन। ज्याकेट नि सिलाउँदैन भनेर अनुत्पादक भन्नुहुन्न,’ उनले भने,’ स्वर्ण पदकले पर क्यापिटा इनकम, जीडीपी बढाउँदैन तर आफ्नो हिसाबको उपलब्धि दिन्छ। अनुत्पादक होइन ।’

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : ४६ बजे

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

एजेन्सी– म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट