नेप्से ६५.४९ अंकले बढ्यो, ८ अर्ब ५९ करोडको सेयर किनबेच « Khabarhub

नेप्से ६५.४९ अंकले बढ्यो, ८ अर्ब ५९ करोडको सेयर किनबेच


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको तेस्रो दिन आज नेप्से ६५.४९ अंकले बढेर २४ सय ७३.७३ अंकमा पुगेको छ । त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १४.१ अंकले बढेर ४ सय ५१.३८ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय वटा कम्पनीहरुको ७४ हजार ७ सय १५ पटकको कारोवारमा १ करोड ५३ लाख २५ हजार ६ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९ सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल समुहको सूचक ६२ अंकले घटेर बाँकी समुहको सूचक उच्च अंकले बढेका छन । तिमध्ये वाणिज्य बैंक समुहको सूचक ३३.७१ अंकले बढेर १७ सय २३.३७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सूचक ६ सय २६.२ अंकले बढेर १३ हजार ४८.४९ अंकमा पुगेको छ ।

त्यसैगरी जीवन बीमा समुहको सूचक पनि ५ सय ९४.२४ अंकले बढेर १८ हजार ३ सय ३५.८० अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि बढेका छन ।

आज युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रतितिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय ९३ रुपैयाँमा कारोवार हुँदा ओरन्टल होटज समुहको प्रतिकित्ता सेयर मुल्य भने तीन. ७७ प्रतिशतले घटेर पाँच सय १० रुपैयाँमा कारोवार भएको छ । आज नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ५६ रुपैयाँ अन्तिम मुल्यमा ५७ करोड ४२ लाख २९ हजार नौ सय ५९ रुपैयाँको कारोवार भएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ५ : २१ बजे

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले