कैलालीमा सशस्त्र प्रहरीको थप २ बीओपी स्थापना « Khabarhub

कैलालीमा सशस्त्र प्रहरीको थप २ बीओपी स्थापना


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बीओपी स्थापना भएका छन् ।

जिल्लामा स्वीकृत भएका बीओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बीओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बीओपी कालाकुण्डा स्थापना भएका हुन् ।

बीओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले संयुक्तरुपमा उद्घाटन गरे ।

त्यस्तै बीओपी कालाकुण्डाको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौरा थारु संयुक्तरुपमा उद्घाटन गरे ।

सो अवसरमा नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य, जनताको सेवा र सुरक्षाको खातिर ठूलो जिम्मेवारी आएको बताए ।

उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बीओपीको प्रमुख काम भएकाले व्यावसायिक ढङ्गले कार्य क्षेत्रमा खटिन निर्देशन दिए । जिल्लामा योसँगै बीओपीको सङ्ख्या १४ वटा पुगेको बताइएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ५९ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन