मुलपानी मैदानबारे प्रधानमन्त्रीको प्रश्न : अझै बनेको छैन ? « Khabarhub

मुलपानी मैदानबारे प्रधानमन्त्रीको प्रश्न : अझै बनेको छैन ?


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘धेरै वर्ष भयो अझै त्यो बनिसकेको छैन ?’, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको मुलपानी मैदानबारे प्रश्न गरेका छन् ।

मंगलबार खेलकुदसँग प्रधानमन्त्री कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संरचना निर्माणका विषयहरुमा चासो राखेका हुन ।

प्रधानमन्त्री ओली अन्तरक्रियामार्फत आएका प्रश्नको जवाफ दिने क्रममा मुलपानी बारे आएको जवाफ दिएका हुन्। उनले मुलपानी मैदान छिट्टै बन्ने पनि बताए ।

सम्बोधनकै क्रममा ओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वासन पनि दिए ।

कोरोनाका कारणले यस आर्थिक वर्षमा बजेट घटेको उनले बताए । उनले भने, ‘सन् २०२१ भित्रै कोरोना लेखेट्छौं। पहिलेको भन्दा बजेट बढेर आउँछ।’

प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रलाई अनुत्पादक भन्न नमिल्ने बताए ।

‘खेलकुदले धान फलाउँदैन। आलु पनि फलाउँदैन। ज्याकेट नि सिलाउँदैन भनेर अनुत्पादक भन्नुहुन्न,’ उनले भने,’ स्वर्ण पदकले पर क्यापिटा इनकम, जीडीपी बढाउँदैन तर आफ्नो हिसाबको उपलब्धि दिन्छ। अनुत्पादक होइन ।’

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ४५ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले