प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ।

प्रतिनिधसभा विघटनको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको जसपाले थप कार्यक्रम सार्वजनिक गरेको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै जसपाले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदम भएको भन्दै जिल्लस्तरका प्रदर्शन गर्न लागेको हो।

माघ २३ गते जनप्रदर्शन, २५ गते पुत्ला दहन र २८ गते मसाल जुलुस निकाल्ने जसपाले जनाएको छ। त्यस्तै, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडास्तरमा स्थानीय स्थिति अनुरूप विरोध कार्यक्रमहरू निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ०१ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृहमन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन