मन्त्रीलाई कालो झण्डा देखाउने अनेरास्ववियूका चार नेता पक्राउ « Khabarhub

मन्त्रीलाई कालो झण्डा देखाउने अनेरास्ववियूका चार नेता पक्राउ


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

सिंहदरबारबाट पुल्चोकस्थित मन्त्री क्वार्टर फर्किएका मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियूका चार नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरोज श्रेष्ठ, सञ्जय काल्दन, आरती लामा र मनीषा कार्की रहेको अनेरास्ववियूले जनाएको छ ।

पुल्चोकमा कालो झन्डा देखाउने क्रममा पक्राउ परेका उनीहरुलाई जावलाखेल वृत्तमा राखिएको छ ।

मन्त्रीको गाडी देख्दा साथ उनीहरुले कालो झण्डा देखाएका थिए । पूर्वघोषित कार्यक्रम अनुसार मन्त्रीहरुलाई कालोझण्डा देखाएर विरोध गरिएको अनेरास्ववियूले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : ३५ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण