बूढीगण्डकी आयोजनाको निर्माण कार्य अघि बढाउने ऊर्जामन्त्रीको प्रतिबद्धता « Khabarhub

बूढीगण्डकी आयोजनाको निर्माण कार्य अघि बढाउने ऊर्जामन्त्रीको प्रतिबद्धता


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले यसबारे जानकारी गराएका हुन् ।

मंगलबार मन्त्रालयमा बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफल गर्दै उनले आफूले अघिल्लोपटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको र अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाउने बताए ।

मन्त्री रायमाझीले मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको बताएका छन् । विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मन्त्री रायमाझीले आफू अघिल्लो पटक ऊर्जामन्त्री हुँदा ऊर्जा सङ्कट निवारणका लागि ९९ बुँदे कार्ययोजना बनाई लागू गरेकै कारण विद्युत् भार कटौती अन्त्य सम्भव भएको दाबी गरे ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले स्थानीयवासीले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकरविना जग्गाको मुआब्जा दिनुपर्ने बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ३७ बजे

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता