बूढीगण्डकी आयोजनाको निर्माण कार्य अघि बढाउने ऊर्जामन्त्रीको प्रतिबद्धता « Khabarhub

बूढीगण्डकी आयोजनाको निर्माण कार्य अघि बढाउने ऊर्जामन्त्रीको प्रतिबद्धता


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले यसबारे जानकारी गराएका हुन् ।

मंगलबार मन्त्रालयमा बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफल गर्दै उनले आफूले अघिल्लोपटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको र अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाउने बताए ।

मन्त्री रायमाझीले मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको बताएका छन् । विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मन्त्री रायमाझीले आफू अघिल्लो पटक ऊर्जामन्त्री हुँदा ऊर्जा सङ्कट निवारणका लागि ९९ बुँदे कार्ययोजना बनाई लागू गरेकै कारण विद्युत् भार कटौती अन्त्य सम्भव भएको दाबी गरे ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले स्थानीयवासीले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकरविना जग्गाको मुआब्जा दिनुपर्ने बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ३७ बजे

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको