यी कलाकारको वास्तविक नाम के ? « Khabarhub

यी कलाकारको वास्तविक नाम के ?


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउडमा उत्कृष्ट अभिनय गरेर कलाकारहरुले आफ्नो नामलाई लोकप्रिय बनाएका छन् ।

तर यी लोकप्रिय नामको वास्तविक नाम चाहिँ सायद कमैलाई मात्र थाहा होला । फिल्ममा आउनु अघि उनीहरु केहीले ज्योतिष विज्ञानका कारण त केहीले अन्य कारणले आफ्नो नाम बदले । यहाँ नाम बदलेर लोकप्रिय बनेका अभिनेता अभिनेत्रीको वास्तविक नाम प्रस्तुत गरिएको छ ।

बलिउडका महानायक अमिताभ बच्चनको वास्तविक नाम इंकलाब श्रीवास्तव हो । प्रख्यात लेखक सुमित्रानन्दन पन्तले अभिनेताको नाम अमिताभ राख्ने सल्लाह दिएका थिए, जसबाट बिग बी इंकलाबबाट अमिताभ बने । उनको थर पहिले बच्चन थिएन । अमिताका पिता हरिवंश रोय प्रख्यात लेखक थिए । जसले आफ्नो थर बच्चन राखेका थिए । त्यहीकारण अमिताभले पनि आफ्नो थर बच्चन राखे ।

अभिनेत्री शिल्पा सेठ्ठी जन्मिएपछि परिवारले उनको नाम अश्विनी राखेको थियो । शिल्पाकी आमा सुनन्दा सेठ्ठी एक ज्योतिष हुन् । जसले छोरीको नाम बदलेर शिल्पा राखीदिइन् । शिल्पा बलिउडकी फिट अभिनेत्रीमा पर्दछिन् ।

बलिउडका ‘खेलाडी कुमार’ अक्षय कुमारको वास्तविक नाम राजीव हरि ओम भाटिया हो । उनी महेश भट्टको फिल्म ‘आज’को भूमिका ‘अक्षय’बाट निकै प्रभावित भएका थिए । यो भूमिका कुमार गौरवले निभाएका थिए । उनी यो चरित्रबाट यति प्रभावित भए कि एकदिन उनी अचानक अदालत पुगेर आफ्नो नाम राजीवबाट अक्षय बनाए ।

अर्का अभिनेता सनी देओलको वास्तविक नाम अजय देओल हो । उनको नाम बलिउडमा पाइला चाल्नु अघि नै सनी राखिएको थियो । उनको भाई बोबी देओलको वास्तविक नाम विजय हो ।

बलिउकी प्रख्यात सुन्दरी अभिनेत्री रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । जबकी रेखा उनको निकनेम हो । रेखा भारतीय अभिनेता जेमिनी गणेशनकी छोरी हुन् । फिल्ममा उनी आफ्नो निकनेमबाटै लोकप्रिय भइन् ।

अभिनेता सैफ अली खानले आफ्नो वास्तविक नामलाई जहिल्यै लुकाए । तर केही वर्ष अघि उनको वैवाहिक प्रमाणपत्र लिक भएको थियो । जसमा उनको नाम सैफ नभई साजिद अली खान लेखिएको थियो । अभिनेता अजय देवगनको जन्मपछि उनको नाम विशाल देवगन राखिएको थियो । यद्यपि क्रमागतका कारण उनको नाम विशालबाट अजय राखियो ।

अभिनेत्री कियारा आडवाणीको वास्तविक नाम आलिया आडवाणी हो । फिल्ममा आउनुअघि उनलाई अभिनेता सलमान खानले नाम बदल्न सुझाव दिएका थिए । किनकी बलिउडमा पहिला नै आलिया भट्ट उपस्थित थिइन् । त्यहीकारण उनले आफ्नै इच्छाले नाम फेरिन् । अभिनेता टाइगर श्राफको वास्तविक नाम जय हेमन्त श्राफ हो । पिता जेकीलाई उनलाई टाइगर नाम दिए ।

फिल्म ‘मेने प्यार क्यों किया’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री कटरीना कैफको वास्तविक नाम कटरीना टरकोटे हो । उनको आमाको नाम सुजैन टरकोटे थियो । भारत आएपछि कटरीनाले आफ्नो पिता मोहम्मद कैफको थर लगाउन शुरु गरिन् । उनका पिता एक कश्मिरी हुन्, जो ब्रिटेनमा व्यापार गर्छन् ।

बलिउडकी बोल्ड अभिनेत्री मल्लिका शेरावतको वास्तविक नाम रीमा लाम्बा हो । बलिउडमा आउनु अघि रीमा नामको भ्रमबाट बच्नका लागि उनीले नै मल्लिका नाम राखिन् । शेरावत उनको आमाको थर हो ।

अभिनेता दीलिप कुमारको वास्तविक नाम यूसुफ खान हो । उनको जन्म पेशावरमा एक मुस्लिम परिवारमा भएको थियो । जहाँ उनले यो नाम पाएका थिए । अभिनेताले फिल्ममा आउनु अघि दीलिप कुमार राखेका थिए । यो नामको सुझाव उनलाई देविका रानीले दिएकी थिइन् । यूसुफ जब दीलिप बन्नका लागि सहमत भए, उनलाई सन् १९४४ मा फिल्म ‘ज्वारभाटा’मा कास्ट गरियो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : ०५ बजे

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा