प्रभासको ‘सलार’मा नक्सलवादी त्रास « Khabarhub

प्रभासको ‘सलार’मा नक्सलवादी त्रास


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– दक्षिण भारतीय सुपरस्टार प्रभास यो समयमा ‘केजीएफ २’ फेम्ड निर्देशक प्रशान्त नीलको नयाँ फिल्म ‘सलार’का कारण चर्चामा छन् ।

फिल्ममा उनले अभिनेत्री श्रुती हसनसँग रोमान्स गर्दैछन् । केही समय अघिदेखि नै फिल्मको सुटिङ सेटका केही तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । तर फिल्मसँग जोडिएको एक नयाँ खबर बाहिर आएको छ । खबर अनुसार यो फिल्ममा नक्सलवादीको आँखा परेको छ ।

यो फिल्मका लागि निर्माताहरुले खुल्ला कोइला खानीलाई सुटिङको स्थल छनोट गरेका थिए । फिल्म निर्माताले कोलार गोल्ड फिल्ड्सका लागि लोकेसन रोजे पनि पछि उनीहरुले गोदावरीखानी कोल माइन्स छनोट गरे ।

फिल्मको महत्वपूर्ण दृश्यलाई गोदावरीखानी कोल माइन्समै छायांकन गर्ने निर्णय लिए । यो स्थान नक्सलवादी अति प्रभावित क्षेत्र हो । जसकारण टिममाथि खतराको छायाँ देखिएको थियो । यो स्थानमा अवैध रुपमा कोइला निकाल्ने क्रम बढेपछि आपराधिक घटनाको संख्या पनि उत्तिकै छ । त्यहीकारण पनि यो स्थानमा सुटिङ गर्नु उत्तिकै जोखिमपूर्ण थियो ।

यो क्षेत्रमा सुटिङ शुरु हुनु अघि प्रभासले रामागुंडमको प्रहरी अधिकृत वी सत्यनारायणसँग भेटघाट गरेका थिए । प्रहरीले फिल्म युनिटको सुरक्षा गर्ने आश्वासन दिएपछि सुटिङ शूरु भएको थियो । अहिले यो स्थानमा करिब ४० प्रहरीको कडा निगरानीमा सुटिङ भइरहेको छ ।

प्रभास यो फिल्मको सुटिङ ४५ दिनमा पुरा गर्ने योजनामा छन् । फिल्मको छायांकन जनवरी अन्त्यबाट शुरु भएको हो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : २७ बजे

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी