नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न राष्ट्रसंघीय अधिकार विज्ञको आग्रह « Khabarhub

नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न राष्ट्रसंघीय अधिकार विज्ञको आग्रह


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा (एएफपी)- संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका आलोचक अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनी आएका समाचारबारे अन्तर्राष्ट्रिय अनुसन्धान गर्न आग्रह गरेका छन् ।

नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २०० किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो । उनलाई रूसी अदालतले २.५ वर्ष जेल सजाय तोकेको छ ।

विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने धारणा दोहोराएका हुन् । संयुक्त राष्ट्र सङ्घका अतिरिक्त न्यायिक निकाय, तथा मृत्युदण्डसम्बन्धी शीर्ष विज्ञ एग्नेस कालामार्ड र अभिव्यक्ति स्वतन्त्रता विशेषज्ञ इरेन खानले उक्त आह्वान गरेका हुन् ।

‘घरेलु अधिकारीहरूको कमजोर प्रतिक्रिया, प्रतिबन्धित रासायनिक हतियारको प्रयोग र लक्षित हत्याको स्पष्ट ब्यवहारका कारण घटनाको अन्तर्राष्ट्रिय अनुसन्धान गरिनु पर्छ,’ उनले भने, ‘तथ्यहरू स्थापित गर्न र सबै कुरा स्पष्ट पार्न नाभाल्नीविरूद्धको विष प्रकरणबारेमा छानविन आवश्यक छ ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : ५० बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर