छोरो र छोरीबीच विभेदको सामाजिक प्रभाव « Khabarhub

छोरो र छोरीबीच विभेदको सामाजिक प्रभाव



एसियाका धेरै जसो विकासशील देशमा सन्तानका रूपमा छोराको महत्त्व बढी हुँदा छोरीको वृत्ति विकासले खास अवसर पाउँदैन । अझ भनौँ सन्तानका रूपमा छोरीभन्दा छोराको चाहना बढी हुन्छ । भ्रुणमै सन्तानको लिङ्ग पहिचान गर्ने र गर्भपतन गराउने परिपाटीका कारण यस क्षेत्रमा जनसांख्यिक रूपमा नै अस्थिरता सिर्जना भएको छ ।

जनसंख्याको ठूलो अनुपातले छोरीको तुलनामा छोरालाई नै बढी महत्त्व दिएको पाइन्छ । जसले गर्दा धेरै जसो सामाजिक समस्या छोराकै चाहनाका कारण निम्तिने गरेका छन् । पारिवारिकरूपमा छोरोको महत्त्व बढी हुने यस क्षेत्रको संस्कृति नै रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा अभिभावकको अन्तिम दाहसंस्कार गर्न छोराकै आश्वयकता हुन्छ ।

योसँगै दक्षिण एसियाका देशमा घरेलु हिंसा, बाल विवाह र दाइजो नल्याएका कारण बुहारीले मृत्य वरण गर्नु पर्नेसम्मको अवस्था छ । त्यसैले पनि छोरीको तुलनामा अभिभावको चहाना छोरा नै हुने गरेको पाइन्छ । तर, सांस्कृतिक होस् अथवा अन्य कारण, सन्तानका रूपमा अभिभावको चाहना छोरा हुँदा त्यसले मानव विकासमा अतिरिक्त चुनौती थपिदिएको छ ।

यसको उदाहरणका लागि भारतभन्दा अर्का उपयुक्त स्थान हुन सक्दैन । शिक्षा र आर्थिक अवसरका हिसाबमा छोरी र छोराका लागि धेरै असमानता छ त्यहाँ । सन् १९९० बाट भारतमा तीव्र आर्थिक विकास भए पनि त्यसले लैङ्गिक सोच र सामाजिक मान्यतामा भने खासै परिवर्तन ल्याउन सकेन । सन्तान छनोटको कुरा गर्ने हो भने त्यहाँ छोरी र छोराबीचको जन्म अनुपातमा व्यापक असमानता छ । जसले गर्दा स्कूलले छात्राको अभाव महसुस गर्ने अवस्था छ भने श्रम बजारमा आवश्यक महिला कामदारको अभाव छ ।

यो समस्या दिनानु दिन बढ्दै छ । पाँच वर्षभन्दा कम उमेरका अधिकांश छोरीहरुको मृत्य गर्भमै लिङ्ग पहिचान गर्ने कारणले भएको छ । अल्ट्रा साउन्ड प्रविधिले यो मात्रा झनै बढाएको छ । यसकारण पछिल्लो ५० वर्षमा महिलाको अभाव दुई गुणाले बढेर गएको छ । संयुक्त राष्ट्रसंघ जनसंख्या कोष विश्व जनसंख्या, २०२० को प्रतिवेदन अनुसार भारतमा मात्रै ४६ मिलियन महिलाको अभाव छ । यो विश्वमा रहेको १४२ मिलियन अभावको एक तिहाई संख्या हो ।

प्रजनन स्वास्थ्यमा लिङ्गमाथिको विभेद बुझ्नु शहस्राब्दी विकास लक्ष्यका लागि महत्त्वपूर्ण हुन्छ । यो खासगरी शहस्राब्दी विकास लक्ष्य ४ (गुणस्तरीय शिक्षा) शहस्राब्दी विकास लक्ष्य (लैङ्गिक समानता) का लागि महत्वपूर्ण हुन्छ । यसले गरिबी व्याप्त रहेको क्षेत्रमा छोरीलाई किन असमान व्यवहार गरिन्छ भन्ने प्रश्नको जवाफ दिन सक्छ । दक्षिण एसियाली क्षेत्रको शिक्षा क्षेत्रमा लैङ्गिक कारणले रहेको असमानता जरैबाट सम्बोधन गर्नु आवश्यक हुन्छ ।

माध्यमिक तहसम्मको शिक्षा पाएका युवतीहरुमा सन्तानका रूपमा लैङ्गिक समानता हुनुपर्ने चाहना रहेको पाइन्छ । यो सन् १९९४ मा गरिएको अध्ययनको तुलनामा फरक थियो । त्यस बखत माध्यमिक तहको अध्ययन पूरा गरेका महिलाको चाहना छोरीको तुलनामा छोरा नै होस् भन्ने थियो । के परिवर्तन भयो ?

प्राचीन लैङ्गिक मान्यताका अनुसार पुरुषले घर व्यवहार चलाउन आर्थिक उपार्जन गर्ने र महिलाले घरायसी काम गर्ने भन्ने थियो । परिवारमा छोराको महत्त्व किन बढी हुन्छ भन्ने जान्न यो एक उदाहरण हो । धेरै छोरा हुने घरमा छोराको बिहेबाट दाइजो प्राप्त गर्दा परिवारको आर्थिक अवस्था सुधार हुने अपेक्षा राखिएको पनि पाइन्छ ।

यस्तो लैङ्गिक दृष्टिकोणसँग छोराछोरीले पाउने शिक्षाको गुणस्तर गाँसिएको छ । अर्को दृष्टिकोणबाट हेर्दा यदि महिला शिक्षित छन् भने उनको परिवार सानो र स्वस्थ्य हुन्छ, बालबच्चाले गुणस्तरीय शिक्षा पाएको देखिन्छ ।

इच्छा गरी हुन लागेको प्रजननमा छोराको चहना राख्ने पूर्वाग्रहको अन्त्य, छोरीको तुलनामा छोरालाई बढी महत्त्व दिने संस्कृति, छोरीको वृत्ति विकासमा कम खर्च गर्ने अभिभावको मानसिकता न्युनीकरण गर्न छोरीहरुका लागि सार्वजनिक शिक्षामा लागानी बढाउन आवश्यक हुन्छ । बङ्गलादेशले यस्तो दृष्टिकोण राख्दा दीर्घकालीन रूपमा कस्तो प्रतिफल पाइन्छ भन्ने उदाहरण नै प्रस्तुत गरेको छ ।

हामीले हालैको एक रिपोर्टमा प्रजनन् क्षमता विकास भइसकेका बङ्गलादेशी युवतीहरुसँग सन्तानका ङ्गपमा उनीहरुको अपेक्षा र यर्थाथका विषयमा अध्ययन गरेका थियौँ । सन्तानका रूपमा छोराकै चहाना बढी रहेको पाइए पनि त्यस्तो चहाना राख्ने दर भने घटेको अध्ययनका क्रममा हामीले पाएका छौँ ।

माध्यमिक तहसम्मको शिक्षा पाएका युवतीहरुमा सन्तानका रूपमा लैङ्गिक समानता हुनुपर्ने चाहना रहेको पाइन्छ । यो सन् १९९४ मा गरिएको अध्ययनको तुलनामा फरक थियो । त्यस बखत माध्यमिक तहको अध्ययन पूरा गरेका महिलाको चाहना छोरीको तुलनामा छोरा नै होस् भन्ने थियो । के परिवर्तन भयो ?

तीन दशकअघि बङ्गलादेशी महिलाहरुसँग आर्थिक उपार्जनको अवसर कम थियो, जसका कारण उनीहरुको आर्थिक हैसियत कम थियो । त्यस समयमा शिक्षित महिलाको संख्या कम थियो जसका कारण छारीको तुलनामा छोराकै चाहना बढी राख्ने महिला थिए । त्यस यता सन् १९९० को शुरूवातमा नै महिला माध्यमिक शिक्षा सहयोग कार्यक्रम देशव्यापी सञ्चालनमा आयो । यसले छात्राहरुको शिक्षामा आर्थिक सहयोग गर्दै ढिलो बिहेका लागि प्रेरित गर्‍यो । त्यसयता मध्यमिक शिक्षा प्राप्त गर्ने बङ्गलादेशी छात्रा भारतमा भन्दा धेरै हुनु थाले ।

स्कूल भर्ना हुने सवालमा दक्षिण एसियामा जुन खालको लैङ्गिक असमानता छ बङ्गलादेश त्यो छिट्टै घटाउने दिशातर्फ उन्मुख छ । यससँगै बङ्गलादेशमा महिलाका लागि आर्थिक अवसर पनि सिर्जना हुँदैछ ।

शिक्षामा महिलाको पहुँच बढेसँगै बङ्गलादेशको तयारी पोसाकको उद्योग फस्टाउन थालेको छ, जसमा लाखौँ महिलाले रोजगारी पाएका छन् ।आर्थिक उपार्जनको अवसर भएको क्षेत्रका बस्ने बङ्गलादेशी महिलाले सन्तानका रूपमा छोराछोरी समान हुन् भन्ने इच्छा राखेको हाम्रो अध्ययनले पाएको छ ।

पछिल्लो ५० वर्षमा महिलाको अभाव दुई गुणाले बढेको छ । संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको प्रतिवेदनअनुसार भारतमा मात्रै ४६ मिलियन महिलाको अभाव छ । यो विश्वमा रहेको १४२ मिलियन अभावको एक तिहाई हो ।

महिलाले शिक्षा र रोजगारीमा समान अवसर पाउँदा सन्तानका रूपमा छोरा नै आवश्यक हुन्छ भन्ने समाज विस्तारै लैङ्गिक समानताको पक्षमा उभिँदै छन् । यसले बङ्गलादेशको लैङ्गिक अनुपातमा पनि सुधार गरेको छ । पाँच वर्षभन्दा कम उमेरका छोरीहरुको मृत्य ३ प्रतिशतभन्दा कम दरमा झरेको छ । यसले लैङ्गिक पहिचानका आधारमा हुने भ्रुण हत्याको दरमा कमी आएको देखिन्छ ।

सन् १९९२ मा विश्व बैंकका प्रमुख आर्थिक सल्लाकार लरेन्स एस. समरले विकाशशील देशका लागि सबैभन्दा ठूलो लगानी भनेको महिला शिक्षाका क्षेत्रमा हुने लगानी हो भनेका थिए । हाम्रो अध्ययनले लरेन्सको निष्कर्ष सही रहेको पाएको छ । बङ्गलादेशको नीतिगत अध्ययनले पनि के देखाउँछ भने महिलाको शिक्षामा गरिने उच्च लगानी र उनीहरुले समान आर्थिक अवसर प्राप्त गरेको अवस्थामा त्यसले महिला मात्रैलाई होइन समाज र देशको विविध क्षेत्रलार्ई नै फाइदा पुर्‍याउँछ ।

(एम. नियाज असदुल्ला, मलेसियाको मलाया विश्वविद्यालयका विकास अर्थशास्त्रका प्रध्यापक हुन् । नाजिया मन्सुर पेरिस डुपाइन विश्वविद्यालय अन्तर्गतको लन्डन क्याम्पसमा पढाउँछिन् । टेरेसा रन्दाजो वेनिस विश्वविद्यालय अन्तर्गतको काओ फ्यास्कोरी क्याम्पसकी सहायक प्राध्यापक हुन् । जाकी वहाज केन्ट विश्वविद्यालयका सहायक प्राध्यापक हुन् । २६ फेब्रुअरी २०२१ मा द प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन्)  

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ११ : ०० बजे

बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।