शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो  « Khabarhub

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको खाका मागेका छन् । 

प्रधानमन्त्री शाहले असली क्रान्ती ‘ज्ञ’  बाट सुरू हुने अभिव्यक्ति दिएपछि पोखरेलले फेसबुकमा लेखेका छन्- ‘विस्थापित सुकुम्वासीका लागि  ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू ।’

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौँलाई घरबारविहीन बनाएको आरोप लगाउँदै उनले  बर्खा आउनुअघि पुनःस्थापना नगर्ने हो भने गम्भीर मानवीय संकट निम्तिने उल्लेख गरेका छन् ।

२०७५ सालमा वारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लिएको, ११५० भन्दा बढी घाइते भएको, झण्डै २५०० घरमा क्षति पुगेको र हजारौं मानिस घरबारविहीन बनेको भन्दै उनले । त्यतिबेलाको सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको स्मरण गराएका छन् ।

तर, आज अवस्था फरक देखिएको उनको भनाइ छ ।  अस्थायी सेल्टरहरूको दयनीय अवस्था त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको तथ्यले स्पष्ट पारेको पोखरेलको दाबी छ । 

प्रधानमन्त्रीलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान)बाट सुरु हुन्छ’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुम्वासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ?’  

मानवता, मानवीय जिम्मेवारी र दिगो समाधानतर्फ सरकार गम्भीर बन्न उनले सरकारलाई सु

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : ०४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी