कतारमा कोरोना संक्रमण बढ्यो, प्रतिबन्ध उल्लंघन गर्ने दुई व्यवसाय बन्द « Khabarhub

कतारमा कोरोना संक्रमण बढ्यो, प्रतिबन्ध उल्लंघन गर्ने दुई व्यवसाय बन्द



दोहा- कतारमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ ।

पछिल्लो तीन दिनको तथ्यांकले कतारमा संक्रमणको ग्राफ उकालो लागेको देखाउँछ । शनिबार ४६० जनालाई संक्रमण पुष्टी भएकोमा आइतबार ४६७  तथा सोमबार ४७३ जनामा संक्रमण पुष्टि भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यही अवधिमा १ जनाको मृत्यु भएको छ । यो समाचार तयार पर्दासम्म कतारमा कोरोना संक्रमितको सङ्ख्या १ लाख ६४ हजार १३७ पुगेको छ ।

उपचार पछि निको हुनेको संख्या १ लाख ५४ हजार ६१ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाकै कारण अहिलेसम्म १८ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।

नयाँ कोभिड -१९ ड्राइभ-मार्फत खोप केन्द्र स्थापना

कोभिड -१९ महामारीविरूद्ध लड्ने प्रयासहरूको एक भागको रूपमा कतारको लुसेलमा नयाँ कोभिड -१९ ड्राइभ-थ्रु भ्याकेसन सेन्टर स्थापना गरिएको छ । नयाँ केन्द्रमा आगन्तुकहरूका लागि खोप लगाउन दर्ता र मूल्यांकन तथा अवलोकन समावेश गरिएको छ ।

ड्राइभ-मार्फत पीसीआर परीक्षण धेरै लोकप्रिय हुने र उच्च भ्रमण भोल्युमको साथ सफल हुन बताइएको छ । कोभिड -१९ ड्राइभ-थ्रु भ्याकेसन सेन्टरको सोमबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।

सोमबार नै कतारका प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीले लुसेलमा स्थापना गरिएको कोभिड -१९ ड्राइभ-मार्फत खोप केन्द्रको निरीक्षण गरेका छन् ।

उनले केन्द्रको कामकाज र खोपको दोस्रो डोज लिनका लागि आवश्यकता पूरा गर्नेहरूका लागि ड्राइभ-थ्रु खोप संयन्त्रको बारेमा जानकारी लिएका थिए ।

२ व्यवसाय बन्द

कतारको वाणिज्य तथा उद्योग मन्त्रालयले कोरोना भाइरस  सावधानीका उपायहरू कार्यान्वयन नगर्ने दुई वटा व्यावसायिक मार्केट अस्थायी रूपमा बन्द गरेको छ ।

मन्त्रालयका अनुसार अल लुक्टामा चिनियाँ स्वास्थ्य केन्द्र र मेशेरेबमा मन्डारिन केक शप अस्थायी रूपमा बन्द गरिएको जनाएको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक ट्वीटमा भनेको छ- स्टोरहरूले कोरोना भाइरसको सामना गर्न सावधानीका उपायहरू र रोकथामकारी उपायहरू सम्बन्धी परिपत्रको पालना नगरेकोले बन्द गरिएको छ ।

कतारमा घर वा क्याम्पबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, मोबाइलमा एह्तराज एप्लिकेशन हुनुपर्ने, क्याम्पभित्र ५ र खुल्लास्थानभित्र १५ जनाभन्दा बढी भेला हुन नहुने, सार्वजनिक स्थल वा समुद्री किनारमा १५ जना भन्दा बढी भेला हुन नपाइने नियम छ । उक्त नियम उल्लंघन गरेको पाइएमा दुई लाख रियाल जरिवाना वा तीन वर्षसम्म कैद सजाय गरिने कतार सरकारले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : १५ बजे

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा