१० अर्बको ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक | Khabarhub Khabarhub

१० अर्बको ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल गर्दैछ ।

बोलकबोल प्रक्रियामार्फत दिउँसो ३ बजे ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण गर्ने तय भएको छ ।

ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ । व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजदर लाग्नेछ।

ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले ऋणपत्र खरिद गर्नसक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ४० बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार