धरान खानेपानी संस्थान उपमहानगरपालिकाको मातहतमा « Khabarhub

धरान खानेपानी संस्थान उपमहानगरपालिकाको मातहतमा


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरानमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थानको शाखालाई धरान उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ ।

उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएको सार्वजनिक नगरिए पनि सोमबारदेखि मर्ज गरिएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार संस्थानको सम्पत्ति, दायित्वलाई बोर्डमा हस्तान्तरण गरिएको छ ।

गाभिएका विषयमा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर नगरवासीलाई जानकारी गराउने तयारी भएको निर्देशक पोखरेलले जानकारी दिए । संस्थानका कुन कुन कर्मचारी बोर्डमा रहने र कोको संस्थामै फर्कने भन्ने कर्मचारीलाई रोज्न लगाइएको बताइएको छ ।

यसअघि ४३  कर्मचारी बोर्डमा रहन इच्छुक भएका थिए । सोही अनुसार नामको सूची बोर्डमा पठाइएको थियो । पछिल्लो समय संस्थान जिम्मा लिएर बोर्डमा मर्ज नगरेको भन्दै कार्यपालिका बैठक र गएको नगरसभाको उद्घाटनको दिन चर्को विरोध भएपछि सभा नै स्थगित भएको थियो ।

यसपछि नगरप्रमुखलाई संस्थानको सम्पत्ति तथा दायित्व छिटो जिम्मा लिन दबाबमा परेका थिए ।  जनप्रतिनिधिले आठौं नगरसभा रोक्ने गरी विरोधमा उत्रिएपछि फागुन २१ गतेभित्रै संस्थान जिम्मा लिएर मर्ज गर्ने र एकद्वार प्रणालीबाट पानी खुवाउने प्रतिबद्धता जनाइएअनुसार मर्ज गरिएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको