घरघरमा पानी पुर्‍याउन करोडमाथिका आयोजना | Khabarhub Khabarhub

घरघरमा पानी पुर्‍याउन करोडमाथिका आयोजना


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– स्थानीय तहमा प्रतिनिधि आएपछि विकासका फड्को मारेको देखिन्छ । स्थानीय तह यतिबेला कतै सडक खन्नमा तल्लीन छन् भने कतै आफ्नै भवन निर्माणमा व्यस्त छन् ।

यहाँका स्थानीय तहले भने विकास निर्माणका अन्य कार्यसँगै खानेपानी योजना निर्माणमा तल्लीन छन् । कतै खानेपानीका लागि योजना बन्दैछन् भने कतै पाइप बिच्छ्याउन व्यस्त छन् ।

यहाँको सूर्योदय नगरपालिकाले रु ६६ करोडको खानेपानी योजना सञ्चालन गर्ने भएको छ । सूर्योदयको कन्याम, लक्ष्मीपुरलगायत १४ वटै वडामा खानेपानी समस्याको दिगो समाधानका लागि विभिन्न आयोजना निर्माण गर्न बोलपत्र आह्वान गरिइएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतको इलाम कार्यालयबाट सञ्चालन हुने कन्याम पञ्चकन्या खानेपानी योजनाबाट सूर्योदयको मात्र नभइ इलाम नगरपालिका र रोङ गाउँपालिकासमेत लाभान्वित हुनेछन् ।

योजनाको प्रक्रिया अघि बढेपछि भविष्यमा नगरमा खानेपानीमा आउने सक्ने समस्या समाधानको निम्ति ऐतिहासिक कार्य भएको नगर प्रमुख रणबहादुर राईले बताए ।

तीन वर्षमा योजना सम्पन्न हुनेछ । आयोजनको लागि सरकारको ९० प्रतिशत र १० प्रतिशत जनसहभागिता रहनेछ । जनसहभागिताको १० प्रतिशतभित्र बुझाउनुपर्ने अग्रिम एक प्रतिशत शुल्क अर्थात रु ६६ लाख जम्मा गरिसकेको राईले बताए ।

बाँकी ९ प्रतिशत संरचना निर्माणका लागि जग्गा व्यवस्थापन, धारा जडान, पाइपलाइन विस्तारका लागि जनश्रमदान रहने छ । यस्तै, इलाम सदरमुकामस्थित इलाम नगरपालिकामा पनि खानेपानी योजना निर्माणाधीन छ ।

‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ आउँदो चैतसम्ममा सक्ने योजनाका साथ निर्माण गरिँदै छ । इलाम नगरवासीको स्वच्छ खानेपानीमा सहज पहुँचमा पुर्‍याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरू गरेको थियो ।

हालसम्म योजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । पाइप लाइन विस्तार गर्ने काम सकिएको छ भने ट्याङ्की बनाउने काम भइरहेको छ । निर्धारित समयमै योजना सम्पन्न गर्नका लागि योजनाबद्ध रूपमा ‘युद्धस्तर’मा काम भइरहेको आयोजना समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।

४२ किमी टाढा सन्दकपुर गाउँपालिकाबाट पानी ल्याउन लागिएको हो । हालसम्म पाइप विच्छाउने काम भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणका लागि इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाख ७ हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट रु १४ करोड ४८ लाख ७६ हजार ७५० ऋण लिएको छ ।

बीस वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण लिएको हो । त्यस्तै, उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत अर्थात् दुई करोड ८९ लाख ७५ हजार ३५० मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो ।

आर्थिक वर्ष २०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एशियाली विकास बैंक (एडिबी) ले ७० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको थियो । गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता गरिएको थियो ।

सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्हार गर्ने जनाएको छ । एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ ।

आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउनेछ । साना शहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना शहरीले सदरमुकामबाट करीब ३२ किलोमिटर सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाइन तयार भएको छ ।

नगरमा अहिले आइरहेको खानेपानीकै दुईवटा मूल प्रयोग गरिने छ भने थप तीन वटा नयाँ प्रयोग गरिने छ । पुरानो आयोजनाबाट पानी पर्याप्त नभएपछि नगरले नयाँ आयोजना शुरू गरेको हो । नगरभित्र २४ घण्टै खानेपानी झार्न यो आयोजना निर्माण थालिएको हो ।

हाल नगरमा प्रति दिन एकदेखि दुई घण्टा मात्रै पानी आउने गरेको छ । आयोजनाको शुरूको वर्ष दुई हजार ७९८ घरधुरीको २१ हजार ४३३ उपभोक्तालाई दिनको सय लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । २० वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको सङ्ख्या ३० हजार ३२५ पुग्ने अनुमान छ ।

नगरवासीलाई खानेपानीको सहज पहुँज पुर्‍याउन यो आयोजना ल्याइएको हो । नगरमा केही वर्ष पहिले पनि सन्दकपुरबाटै खानेपानी ल्याइएको छ । तर, त्यो पानीले पर्याप्त नभएपछि नयाँ आयोजना थप गरिएको हो । आयोजनाका अनुसार पाँच वितरण केन्द्रमार्फत नगरमा पानी वितरण गरिने छ ।

अध्यक्ष थापाका अनुसार इलाम सदरमुकामस्थित गुम्बा डाँडा, भ्यु टावर, गोलाखर्क, महेन्द्ररत्न बहुमुखी क्याम्पस र पुरानो आदर्श खसी बजारबाट वितरण गरिने छ । वितरणका लागि गुम्बाडाँडा र महेन्द्ररत्न क्याम्पसमा ५०/५० हजार लिटर र अन्य तीनवटा ट्याङ्की एक लाख ५० हजार लिटरका रहने जनाइएको छ ।

आयोजनाका लागि पानी परीक्षणस्थलको काम पनि तीव्र रूपमा भइरहेको छ । पाइप विच्छाएर, ट्याङ्की निर्माण सकिएपछि निर्माण सम्पन्न हुने जनाइएको छ । यता, नगरले नै खानेपानीको सहज पहुँच पुर्‍याउन वडा नं ११ स्थित सोयाकमा ‘डिप बोरिङ’मार्फत जमीन खनेर पानी ल्याउन थालेको छ ।

जमिनमुनि करीब १२३ मिटर खनिएको खानेपानी आपूर्ति गर्न थालेको हो । नगर क्षेत्रमा खानेपानीको अभाव भएकाले विभिन्न माध्यमबाट पानी ल्याउनुपर्ने बाध्यता छ ।

नगरपालिकाले खानेपानीकै लागि मोटो रकम खर्चेको छ । अन्य क्षेत्रबाट पानी ल्याउन नसकिने अवस्थामा नगरपालिकाले यो माध्यमबाट ल्याउन ल्याएको हो । यसका लागि नगरपालिकाले दुई करोड ४७ लाख ८० हजारको लागतमा बोरिङबाट पानी ल्याएको हो । रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  २ : १५ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५