अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या « Khabarhub

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलालाबाद, अफगानिस्तान– पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् ।

युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय सञ्चारकमीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासहरूलाई समस्यामा पारेको छ ।

कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारीहरू कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टिभीका निर्देशक जलमाई लतीफीले एएफपीसँग बताए ।

टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरेपनि यसबारे विस्तृत समाचार आइनसकेको बताए ।

घटनास्थललाई समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अफगानिस्तानमा तालिवान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन् । वार्तामा तालिवान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख शर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ ।

सरकार र अमेरिका लगायतका विश्व समुदायले तालिवान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिवान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन् ।

–एएफपी

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : ५५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको