अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या « Khabarhub

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलालाबाद, अफगानिस्तान– पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् ।

युद्ध अन्त्यका लागि निरन्तर वार्तालाई अग्रस्थान दिई प्रयासहरू भएको समय सञ्चारकमीलाई लक्षित गरी गरिएको यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासहरूलाई समस्यामा पारेको छ ।

कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारीहरू कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टिभीका निर्देशक जलमाई लतीफीले एएफपीसँग बताए ।

टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरेपनि यसबारे विस्तृत समाचार आइनसकेको बताए ।

घटनास्थललाई समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अफगानिस्तानमा तालिवान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन् । वार्तामा तालिवान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख शर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ ।

सरकार र अमेरिका लगायतका विश्व समुदायले तालिवान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिवान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन् ।

–एएफपी

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : ५५ बजे

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा