भन्सार छली गर्ने दुई पक्राउ « Khabarhub

भन्सार छली गर्ने दुई पक्राउ


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित आज दुईलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरक्षा चौकीमा सवारी साधान जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा छुन्ता गुरुङ र गोपी लामा रहेका छन् ।

सुनौलीबाट काठमाडौँ आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस जाँच गर्ने क्रममा रु दुई लाख ७० हजार मूल्य बराबरको १३५ थान कपडा फेला पारी बरामद गरिएको र सोधखोज गर्दा उक्त कपडा उनीहरूले ल्याएको खुल्न आएको छ ।

सोही गाडीमा सवार रहेका बेला दुवै पक्राउ परेका हुन् ।

दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १० : २२ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर