यी हुन् पित्तसम्बन्धी रोगका घरेलु उपचार विधि « Khabarhub

यी हुन् पित्तसम्बन्धी रोगका घरेलु उपचार विधि


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पित्त रोगमा अचानक नै शरीरमा ठूला–ठूला डाबरहरु निस्किन्छन् ।

चिसो हावा वा तातो हावाको सम्पर्कमा आएको कारणले छालामा यस्ता गोला डाबरहरु निस्किन्छन्, जसमा तीव्र जलन हुन्छ र चिलाउँछ । हेर्दा हेर्दै पूरै शरीरमा फैलिन्छ ।

यसलाई नै शीत पित्त (पित्ती) भनिन्छ । अँग्रेजीमा यसलाई ‘आर्टिकेरिया’ भनिन्छ । यो विशेष गरी चिसो हावाको सम्पर्क वा स्पर्शबाट कफ र वात कुपित भएर पित्तसँग मिल्दै भित्र रक्त र बाहिर छालामा फैलिएर पित्त रोग उत्पन्न गर्दछ ।

घरेलु उपचारविधि-

—कालो मरीचलाई घिउमा भुटेर खानाले एवं त्यसपछि तातो पानी या तातो चिया पिउनाले शीत पित्त नष्ट हुन्छ ।

—सखर र अमला–चूर्ण मिलाएर खानाले शीत पित्त ठीक हुन्छ ।

—अदुवाको रससँग पुसनो सखर खानाले पित्त रोग शान्त हुन्छ ।

—सुठोको चूर्ण, अजवायन, कालो मरिच, पिप्पली र जवाखारको ८ ग्राम चूर्ण सात दिनसम्म तातोपानीसँग खानाले शीत पित्त ठीक हुन्छ ।

—२० ग्राम बकाइनाको सानो त्यान्द्रेहाँगाको बोक्रालाई पिसेर गाईको घीउसँग खानाले शीत पित्त ठीक हुन्छ ।

—परबर, निमको बोक्रा, अडूसा, त्रिफला, गुग्गल र पिप्लीको घोल पिउनाले शीत पित्त ठीक हुन्छ ।

—अमला, निमको पातलाई घिउमा तार्नुहोस् । त्यो घिउ ३६ ग्राम दैनिक पन्ध्र दिनसम्म खानाले शीत पित्त ठीक हुन्छ ।

—निमको तेलमा कपूर मिलाएर पूरै शरीरमा मालिश गर्नाले शीत पित्त ठीक हुन्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : ३८ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली