यी हुन् पित्तसम्बन्धी रोगका घरेलु उपचार विधि « Khabarhub

यी हुन् पित्तसम्बन्धी रोगका घरेलु उपचार विधि


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पित्त रोगमा अचानक नै शरीरमा ठूला–ठूला डाबरहरु निस्किन्छन् ।

चिसो हावा वा तातो हावाको सम्पर्कमा आएको कारणले छालामा यस्ता गोला डाबरहरु निस्किन्छन्, जसमा तीव्र जलन हुन्छ र चिलाउँछ । हेर्दा हेर्दै पूरै शरीरमा फैलिन्छ ।

यसलाई नै शीत पित्त (पित्ती) भनिन्छ । अँग्रेजीमा यसलाई ‘आर्टिकेरिया’ भनिन्छ । यो विशेष गरी चिसो हावाको सम्पर्क वा स्पर्शबाट कफ र वात कुपित भएर पित्तसँग मिल्दै भित्र रक्त र बाहिर छालामा फैलिएर पित्त रोग उत्पन्न गर्दछ ।

घरेलु उपचारविधि-

—कालो मरीचलाई घिउमा भुटेर खानाले एवं त्यसपछि तातो पानी या तातो चिया पिउनाले शीत पित्त नष्ट हुन्छ ।

—सखर र अमला–चूर्ण मिलाएर खानाले शीत पित्त ठीक हुन्छ ।

—अदुवाको रससँग पुसनो सखर खानाले पित्त रोग शान्त हुन्छ ।

—सुठोको चूर्ण, अजवायन, कालो मरिच, पिप्पली र जवाखारको ८ ग्राम चूर्ण सात दिनसम्म तातोपानीसँग खानाले शीत पित्त ठीक हुन्छ ।

—२० ग्राम बकाइनाको सानो त्यान्द्रेहाँगाको बोक्रालाई पिसेर गाईको घीउसँग खानाले शीत पित्त ठीक हुन्छ ।

—परबर, निमको बोक्रा, अडूसा, त्रिफला, गुग्गल र पिप्लीको घोल पिउनाले शीत पित्त ठीक हुन्छ ।

—अमला, निमको पातलाई घिउमा तार्नुहोस् । त्यो घिउ ३६ ग्राम दैनिक पन्ध्र दिनसम्म खानाले शीत पित्त ठीक हुन्छ ।

—निमको तेलमा कपूर मिलाएर पूरै शरीरमा मालिश गर्नाले शीत पित्त ठीक हुन्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : ३८ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा