कफी कसरी र कति पिउने ? « Khabarhub

कफी कसरी र कति पिउने ?


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः कार्यालय र त्यसमा पनि कम्प्युटरमा काम गर्नेहरुले आजकल बढि मात्रामा कफीको सेवन गर्दछन् । चियाको स्वाद र तलतल मेटाउन मानिसले दिनहु कफीको सेवन गर्दै आएका छन् । तर के कफी सेवनको फाइदा छ त ?

तुलनात्मक रुपमा जाडो याममा धेरै मानिसले कफी पिउने गर्दछन् । जाडो मौसममा नियमित कफी पिउनाले शरीरमा गर्मीपन बढाउँछ । कफीमा ‘क्याफिन’ हुन्छ । क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ । तर ठिक्क हुँदा भने यसले फाइदा पुर्याउँछ ।

प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै यसमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्छ । साथै मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ ।

यतिमात्र होइन, नियमित कफी सेवनले बोसो तथा मोटोपन घटाउन समेत मद्दत गर्दछ । कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई स्वस्थ्य राख्दछ । साथै हृदयरोग तथा क्यान्सरबाट पनि सुरक्षित राख्दछ । शरीरकालागि एन्टिअक्सिडेन्ट फाइदाजनक हुन्छ ।

तुलनात्मक रुपमा मिल्क कफीभन्दा कालो कफी पिउनु स्वास्थ्यकालागी राम्रो हुन्छ । कालो कफी कलेजोकालागि राम्रो मानिन्छ । तर, दूधकफीले भने ग्यास्ट्रिक बढाउन मद्दत गर्छ र हर्ट बर्न र एसिडिटी बढाउँछ ।

सिमित मात्रामा कफी सेवनबाट मुटुरोगी, कलेजो र मधुमेहका बिरामीलाई पनि फाइदा पुग्छ । ठिक्क मात्राको कफी सेवनले हृदयघात, मस्तिष्कघात, मधुमेह र संक्रमणको जोखिम पनि न्यून हुन्छ । साथै धेरै निन्द्रा लाग्नेहरुको रातमा निन्द्रा हराउँछ ।

तर गर्भवती महिलाले भने दिनको २ सय मिलिग्रामभन्दा बढी क्याफिन पिउनु हुदैन । अन्यथा महिलामा गर्भपातको जोखिम बढ्दछ वा कम तौल भएको बच्चा जन्मन सक्छ । साथै बिहान कफी खाँनु राम्रो हुन्छ । तर खाली पेटमा भने खानु हुदैन । साथै राति सुत्नुअघि कफी खानु त्यति राम्रो मानिँदैन, निद्रा नपर्न सक्छ ।

यस्तै, उच्च रक्तचाप भएका मानिसले पनि धेरै कफी पिउनु हुँदैन । हड्डी कमजोर भएका, निद्राको समस्या भएका, टाउको दुख्ने समस्या भएका, ग्यास्ट्रिक भएका मानिसले धेरै कफी पिउनु हानिकारक हुन्छ ।

समग्रमा ठिक्क मात्रामा अर्थात दिनको २ कपसम्म कफी पिउँदा शरीरलाई फाइदा गर्छ भने अधिक कफी पिउने बानीले स्वास्थ्यमा असर पार्न सक्छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ०१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य