किन बच्चा पाठेघर बाहिर बस्छ ? « Khabarhub

किन बच्चा पाठेघर बाहिर बस्छ ?


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कुनै पनि गर्भवती महिलाले आफ्नो स्वास्थ्य जाँच गराउन जादाँ आफ्नो गर्भ पाठेघरभित्र बसेको छ छैन त्यसको समेत परिक्षण गराउनु पर्दछ । कतिपय अवस्थामा बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । जो आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ ।

समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, पाठेघरमा नबसी पाठेघरबाहिर बच्चा बस्यो भने यो जोखिमयुक्त हुन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यो अवस्था किन खतरनाक हुन्छ त ? यसबारे बुझ्न आवश्यक छ ।

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।

किन पाठेघर बाहिर बस्छ त बच्चा ?
१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएमा ।
२. ट्युबको पहिला शल्यक्रिया भएमा ।
३. बाँझोपनको उपचारबाट गर्भ रहेमा ।
४. पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भएमा ।
५. कपर टीको प्रयोग गरेको भएमा ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हुने भएकाले यसबारे निकै सचेत हुन आवश्यक हुन्छ । किनभने एउटा गर्भ रहँदा त्यहा आमा र बच्चा गरी दुई जीवनको सवाल हुन्छ । त्यसैले गर्भावस्थामा कम्तीमा ३ पटक (हरेक तीन महिनाको अन्तरालमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : १५ बजे

तनहुँ-१ मा कांग्रेसका गोविन्द फेरि निराश, स्वर्णिम विजयी 

तनहुँ– तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका

झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)

काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा मतगणनाको नतिजा सार्वजनिक हुन अझै

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले