घरमा मनीप्लान्ट रोप्नुको धार्मिक मान्यता « Khabarhub

घरमा मनीप्लान्ट रोप्नुको धार्मिक मान्यता


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरको वातावरण हरियाली होस् भन्ने सबैको चाहाना हुन्छ । त्यसैले प्रायः मानिस घरको छत, आगन र बरण्डामा बिभिन्न बोट बिरुवा लगाउने गर्दछन् ।

प्रायः घरमा रोपिने बिरुवामा मनीप्लान्ट छुट्दैन । मनीप्लान्ट केवल घर वा वातावरणको सुन्दरताकालागी मात्र हुदैन । यो रोप्दा घरमा सुख, सम्पन्नता समेत भित्रिने मान्यता छ । तर गलत दिशामा मनीप्लान्ट रोपिएमा भने यसले ठुलो हानी पुर्याउन सक्छ ।

वास्तु शास्त्र अनुसार घरको दक्षिण–पूर्वी दिशा (आग्नेय कोण) मनीप्लान्ट रोप्नु सबैभन्दा उचित मानिन्छ । धार्मीक मान्यता अनुसार भगवान गणेशलाई दक्षिण पूर्वी दिशाको स्वामी मानिन्छ । त्यसैले यो दिशामा मनीप्लान्ट रोप्नु शुभ मानिएको हो । यो दिशामा मनीप्लान्ट रोपेमा घरमा पोजेटिभ एनर्जी आउने र सुख–समृद्धि बनीरहने मान्यता छ ।

तर वास्तु शास्त्र अनुसार मनीप्लान्ट रोप्दा यी कुरामा भने ध्यान दिनु पर्ने हुन्छ ।

१. ईशान कोण अर्थात उत्तर–पूर्व दिशामा मनीप्लान्ट रोप्नु हुदैँन । अन्यथा आर्थिक क्षती बेहोर्नु पर्ने धार्मीक मान्यता छ । साथै परिवारका सदस्यबीच मनमुटाव र सम्बन्धमा दरार आउन सक्छ । यतिमात्र होइन, घरको पूर्व र पश्चिम दिशामा समेत मनीप्लान्ट रोप्नु हुदैँन ।

२. मनीप्लान्टलाई घर बाहिर राख्नुको सट्टा घरभित्र राख्नु पर्दछ । यसो गरेमा घरमा सकारात्मक उर्जा आउने मान्यता छ । तर घरभित्र मनीप्लान्ट राख्दा कसैको सिधा नजर नपर्ने गरी राख्नु पर्दछ ।

३. मनीप्लान्ट बढ्दै जादा यसको लहरा भुईमा फैलन दिनु हुदैन । बरु कुनै पर्खाल वा केही सहायकको माध्यमबाट यो माथितिर उक्लिएको हुनु पर्दछ । अन्यथा फजूल खर्च बढ्ने मान्यता छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : ३७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका