विदेशमा ग्रिनकार्ड प्राप्त नागरिकको गणना नहुने « Khabarhub

विदेशमा ग्रिनकार्ड प्राप्त नागरिकको गणना नहुने


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरेक १० वर्षमा गरिने जनगणनाको मुख्य काम आगामी जेठ २५ देखि असार ८ गतेभित्र सक्ने योजनासहित गणनाको काम भइरहेको छ ।

विभागले २०७८ सालको शुरुमै बाह्रौँ राष्ट्रिय जनगणना थालेको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछाने बताए ।

‘मेरो गणना, मेरो सहभागिता’ नारासहित नेपालमा जेठबाट राष्ट्रिय जनगणना शुरू हुँदैछ। २०७८ जेठ २५ गतेदखि असार ८ गते (पन्ध्र दिन)मा देशभरि एकसाथ १२ औँ जनगणना हुनेछ। त्यसका निम्ति चैत ९ गतेदेखि २३ गतेभित्र नमुना जनगणना भइरहेको छ।

नमुना जनगणना प्रत्येक प्रदेशबाट २ जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा सञ्चालन गरिने छ। यस अनुसार नमुना गणना प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ मा मकवानपुर र काठमाडौंमा हुनेछ।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ मा रूपन्देही र प्यूठान, सुदुरपश्चिम प्रदेशको कैलाली र दार्चुला र कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा हुनेछ। ती जिल्लाका करिब ११ हजार ६ सय १० घरपरिवारमा नमुना जनगणना हुने तथ्याङ्क विभागका निर्देशक तीर्थराज चौलागाँईले बताए।

विदेशमा ग्रिनकार्ड प्राप्त नागरिक र उतै विहे गरेर बसेको नागरिकको गणना हुँदैन। तर रोजगार, पढाइ, व्यापार लगायत विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकको परिवालाई सोधपुछको आधारमा गणना गरिने छ।

जनगणनाका लागि करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक भर्ना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। विभागले यो जनशक्ति करारमा भर्ना लिन लागेको हो।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ।

२०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज चौलागाँईले बताए।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार अब हुने जनगणना कोही नछ्ट्ने र कोही नदोहोरिने गरि गणना गरिने छ। पहिले भन्दा नागरिकहरु चेतनशिल भएकाले तथ्याङ्क लिन सजिलो हुने निर्देशक चौलागाईले बताए। प्रविधिको पहँच पहिलेको अनुपातमा धेरै ठाउँमा पुगेकाले तथ्याङ्कको विबरण पनि साविकको जनगणना भन्दा प्रभावकारी हुने चौलागाईले विश्वास व्यक्त गरे।

तर यसपाली विदेशमा ग्रिनकार्ड प्राप्त नागरिकको गणना हुँदैन। विभागका निर्देशक ढुण्डिराज लामिछाने भन्छन्, ‘विदेशमा ग्रिनकार्ड प्राप्त नागरिक र उतै विहे गरेर बसेको नागरिकको गणना हुँदैन। तर रोजगार, पढाइ, व्यापार लगायत विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकको परिवालाई सोधपुछको आधारमा गणना गरिने छ।’

तथ्यांक विभागका अनुसार अहिलेको अवस्थामा कोरोनाभाइरसका कारण सबै नागरिकहरुको दैनिकी असहज छ। देशको अर्थतन्त्र र मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको छ। त्यसैले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी गणना गर्नुपर्ने हुन्छ। यसलाई विभागले चुनौतीको रुपमा लिए पनि निर्धारित समयमै जनगणना सकिनेमा तथ्यांक विभाग विश्वस्त रहेको छ। नेपालमा वि.सं १९६८ सालमा पहिलो पटक जनगणना भएको थियो। हरेक दश बर्षमा गरिने गणनाको यसपाली १२औं श्रृंखला हो।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : ४५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा