खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू « Khabarhub

खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमालेको खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक ‍शुरू भएको छ ।

कलंकीस्थित मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी शुरू भएको हो ।

बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल तथा नेताहरू सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा छलफल केन्द्रीत हुने नेताहरूले बताएका छन् । बैठकले अब के गर्ने भन्ने बारे ठोस नीति तय गर्ने बताइएको छ ।

आजको बैठकले खनाल–नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने छ । बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ ।

यो समूहका एक नेताका अनुसार गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : ५६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार