कंगोमा विद्रोहीको हमला, २९ जना गाउँलेको हत्या | Khabarhub Khabarhub

कंगोमा विद्रोहीको हमला, २९ जना गाउँलेको हत्या


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो ।

त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ ।

ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँका एक गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ ।
त्यसमा परेर अरु चार जना विद्रोही पनि मारिएका छन् । ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा जनाइएको छ ।

सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन् । उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका यहाँको सैनिक स्रोतले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन । यहाँको सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि बताएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ३ : ३८ बजे

‘व्यवसाय विविधीकरण गरिएन भने नियमको अस्तित्व संकटमा पर्न सक्छ 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको

सहजपुर–निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा

गोदावरी– कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम

थारु समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने 

काठमाडौं– थारु समुदायले पुस २९ गते र माघ १ गते

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

काठमाडौं – गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका

हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकता रहन्छ : प्रधानमन्त्री

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा