वडा सदस्यले घुस लिएको आरोपमा तालाबन्दी « Khabarhub

वडा सदस्यले घुस लिएको आरोपमा तालाबन्दी


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकामा जनप्रतिनिधिले घुस लिएको आरोपमा नेपाली कांग्रेसले वडा कार्यालयमा ताला लगाइदिएको छ ।

नागरिकता बनाइदिन्छु भनेर वडा नं. २ का वडा सदस्य थानेश्वर गिरीले १० हजार रुपैँया घुस लिएको आरोपमा कांग्रेसले तालाबन्दी गरेको हो ।

स्थानीय भरतप्रसाद थारूका छोराको नागरिकता बनाइदिन उक्त रकम वडा सदस्यले घुस लिएको कांग्रेसको आरोप छ । नेपाली कांग्रेस सैनामैना वडा नं. २ का सभापति तुल्सीप्रसाद घिमिरिले घुस लिने वडा सदस्यलाई कारबाही नभएसम्म ताला नखोल्ने बताए । गिरीविरुद्ध थारू परिवारले यही चैत १५ गते वडा कार्यालयमा निवदेन दर्ता गराएको थियो ।

वडा कार्यालयले उक्त निवेदन बेवास्ता गरेको कांग्रेसको आरोप छ । वडा सदस्य गिरीले शुरूमा २० हजार रुपैँया मागेको र पछि १० हजारमा झरेको भरतप्रसादले बताए ।

भरतप्रसादका अनुसार वडा सदस्य गिरीले नागरिकता बनाउन पैसा लाग्छ भनेका थिए । पैसा नलाग्ने थाहा पाएर आफूले माग्दा नदिएपछि उजुरी गरेको उनको भनाइ छ ।

आरोपित वडा सदस्य गिरीले आफूले घुस नमागेको र नलिएको जिकिर गर्दै आरोप प्रयोजित भएको बताए । वडाध्यक्ष कामदेव भुसालले चाँडै छानविन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  २ : ३७ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा