वडा सदस्यले घुस लिएको आरोपमा तालाबन्दी « Khabarhub

वडा सदस्यले घुस लिएको आरोपमा तालाबन्दी


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकामा जनप्रतिनिधिले घुस लिएको आरोपमा नेपाली कांग्रेसले वडा कार्यालयमा ताला लगाइदिएको छ ।

नागरिकता बनाइदिन्छु भनेर वडा नं. २ का वडा सदस्य थानेश्वर गिरीले १० हजार रुपैँया घुस लिएको आरोपमा कांग्रेसले तालाबन्दी गरेको हो ।

स्थानीय भरतप्रसाद थारूका छोराको नागरिकता बनाइदिन उक्त रकम वडा सदस्यले घुस लिएको कांग्रेसको आरोप छ । नेपाली कांग्रेस सैनामैना वडा नं. २ का सभापति तुल्सीप्रसाद घिमिरिले घुस लिने वडा सदस्यलाई कारबाही नभएसम्म ताला नखोल्ने बताए । गिरीविरुद्ध थारू परिवारले यही चैत १५ गते वडा कार्यालयमा निवदेन दर्ता गराएको थियो ।

वडा कार्यालयले उक्त निवेदन बेवास्ता गरेको कांग्रेसको आरोप छ । वडा सदस्य गिरीले शुरूमा २० हजार रुपैँया मागेको र पछि १० हजारमा झरेको भरतप्रसादले बताए ।

भरतप्रसादका अनुसार वडा सदस्य गिरीले नागरिकता बनाउन पैसा लाग्छ भनेका थिए । पैसा नलाग्ने थाहा पाएर आफूले माग्दा नदिएपछि उजुरी गरेको उनको भनाइ छ ।

आरोपित वडा सदस्य गिरीले आफूले घुस नमागेको र नलिएको जिकिर गर्दै आरोप प्रयोजित भएको बताए । वडाध्यक्ष कामदेव भुसालले चाँडै छानविन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  २ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै