१७९ कोरोना संक्रमित थपिए, १११ डिस्चार्च « Khabarhub

१७९ कोरोना संक्रमित थपिए, १११ डिस्चार्च


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो  । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ६४७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

आज प्रदेश १ मा ८ जना, प्रदेश २ मा २ जना, वाग्मती प्रदेशमा ११९ जना, गण्डकीमा २७ जना, लुम्बिनीमा ११ जना र सुदूरपश्चिममा १२ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा १११ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण हालसम्म ३ हजार ३१ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ५ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु