‘संगठन विस्तार तथा सुदृढीकरण’ अभियान चलाउँदै नेपाल–खनाल पक्ष « Khabarhub

‘संगठन विस्तार तथा सुदृढीकरण’ अभियान चलाउँदै नेपाल–खनाल पक्ष


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संगठन विस्तार तथा सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।

शुक्रबार कलंकीमा बसेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका देशव्यापी अभियान सञ्चालन निर्णय गरेको हो।  बैठकको निर्णयबारे जानकारी दिंदै नेता योगेश भट्टराईले भने, ‘राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएका छन्, भोलि (शनिबार) निर्णय गर्छौं ।’

बैठकले आफ्ना समूहका नेताहरुमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष निकालेको नेता भट्टराईले बताए।

‘नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाही स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही छ, यसको भर्त्सना तथा निन्दा गर्दछौँ’, नेता भट्टराईले भने ।

उनले चैत ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलाले पारित गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएर कार्यकर्तामाझ वितरण गरिने जानकारी दिए ।

बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको जनाएको छ । ओलीको यस किसिमको कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समेत भएको नेता भट्टराईले बताए ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पार्टीलाई पुरानै अवस्थमा फर्काए पनि पार्टी अध्यक्ष ओलीले त्यसको कार्यान्वयन नगरेको नेपाल–खनाल पक्षले आरोप लगाउँदै आएको छ । बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्न देशभरका पार्टी कार्यकर्तालाई आह्वान गर्ने निर्णय समेत गरेको भट्टराईले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ५ : ३६ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग