‘संगठन विस्तार तथा सुदृढीकरण’ अभियान चलाउँदै नेपाल–खनाल पक्ष « Khabarhub

‘संगठन विस्तार तथा सुदृढीकरण’ अभियान चलाउँदै नेपाल–खनाल पक्ष


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संगठन विस्तार तथा सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।

शुक्रबार कलंकीमा बसेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका देशव्यापी अभियान सञ्चालन निर्णय गरेको हो।  बैठकको निर्णयबारे जानकारी दिंदै नेता योगेश भट्टराईले भने, ‘राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएका छन्, भोलि (शनिबार) निर्णय गर्छौं ।’

बैठकले आफ्ना समूहका नेताहरुमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष निकालेको नेता भट्टराईले बताए।

‘नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाही स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही छ, यसको भर्त्सना तथा निन्दा गर्दछौँ’, नेता भट्टराईले भने ।

उनले चैत ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलाले पारित गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएर कार्यकर्तामाझ वितरण गरिने जानकारी दिए ।

बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको जनाएको छ । ओलीको यस किसिमको कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समेत भएको नेता भट्टराईले बताए ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पार्टीलाई पुरानै अवस्थमा फर्काए पनि पार्टी अध्यक्ष ओलीले त्यसको कार्यान्वयन नगरेको नेपाल–खनाल पक्षले आरोप लगाउँदै आएको छ । बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्न देशभरका पार्टी कार्यकर्तालाई आह्वान गर्ने निर्णय समेत गरेको भट्टराईले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ५ : ३६ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन