तीन वर्षभित्र यांग्री र लार्केको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको घोषणा « Khabarhub

तीन वर्षभित्र यांग्री र लार्केको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको घोषणा


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र यांग्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने घोषणा गरेका छन्।

मेलम्चीको पानी वितरणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यांग्री र लार्केको पानी मेलम्चीकै टनेलमार्फत तीन वर्षमा काठमाडौँ ल्याउने घोषणा गरेका हुन् ।

‘मेलम्ची आयोजनाको यो सफलता कुर्न हामीलाई लामो समय लागेको थियो । तीन दशकपछि खानेपानी आइपुगेको छ’, उनले भने, ‘अब हामीले लामो समय प्रतिक्षा नगरी यांग्री र लार्केको पानी पनि तीन वर्षपछि काठमाडौं ल्याइसक्ने छौँ ।’

उनले अब काम हुँदैन कि भनेर अविश्वास गर्नुपर्ने अवस्था नरहेको बताए । कोभिडले विश्व थला परिरहेका बेला हामीले विकासलाई लगातार अघि बढाएर सफलता पाएको बताए ।

उनले विभाग र मन्त्रालयलाई पनि त्यसैगरी काम अघि बढाउन निर्देशन दिए । उनले यांग्री र लार्केको पानी ल्याउने आयोजनाका नाम भने ‘मेलम्ची’ नराख्ने बताए। मानिसहरुमा मेलम्ची भन्ने बित्तिकै काम नै नहुने हो कि भन्ने परेको भन्दै उनले अर्कै नाम राखेर योजना बनाउने बताए।

मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ ।

केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणमा यांग्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले जनाएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : २१ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु