प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा कांग्रेस बैठकमा छलफल « Khabarhub

प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा कांग्रेस बैठकमा छलफल


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने विषयमाथि छलफल शुरु भएको छ ।

आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक बेलुका ८ बजे मात्रै शुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

दिउँसोका लागि बोलाइएको बैठकको एजेण्डा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने विषय मात्रै रहेको भए पनि सरकारको राजीनामा माग्ने विषय समेत एजेण्डाका रुपमा राख्नुपर्ने माग उठेपछि दिनभर नेताहरुकाबीचमा छलफल भएको थियो ।

दिनभरको छलफलपछि केन्द्रीय समिति बैठकमा नयाँ सरकार गठनका लागि कांग्रेसले पहल गर्ने वियष समेत एजेण्डाका रुपमा प्रस्तुत भएको छ ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु सहभागी थिए । प्रधानमन्त्रीको राजीनामा माग्ने एजेण्डाका बारेमा सहमति जुटेपछि अबेर गरी बैठक शुरु भएको हो ।

केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने विषय रहेको एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय समितिको बैठक अहिले पार्टी कार्यालय सानेपामा जारी छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : १२ बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास