पाकिस्तानमा धार्मिक अतिवाद र असहिष्णुता बढ्दो « Khabarhub

पाकिस्तानमा धार्मिक अतिवाद र असहिष्णुता बढ्दो


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा धर्मको नाममा धार्मिक असहिष्णुता बढिरहेको पाइएको छ । पाकिस्तानमा धार्मिक अतिवादका कारण असहिष्णुता र हिंसा बढिरहेको विश्लेषण गरिएको छ ।

विभिन्न समूहका लडाकुहरुले धर्मको नाममा आक्रमण तथा हिंसा भड्काउने गतिविधि बढिरहेको छ । पाकिस्तान सरकारले सबै धार्मिक आस्थालाई मजबुत बनाउन र सबै मानिसलाई नजिक ल्याउन काम गरिरहेको बताए पनि परिणाम ठिक विपरित देखिएको छ ।

धार्मिक अतिवाद कै कारण समुदायमा धार्मिक असहिष्णुता, इस्लामिक अतिवादी लडाकुहरुको पुनरुत्थान हुने गतिविधि भइरहेको पाकिस्तान ईन्स्टिच्युट फर पिस स्टडिज संस्थाका कार्यकारी निर्देशक मोहममद अमीर रानाले बताए ।

दुर्भाग्यपूर्ण, समुदायमा नैतिकता, निष्ठा स्थापना गर्नु भन्दा विपरित हिंसा, असहिष्णुता, घृणा फैलिएको उनले एक समाचारपत्रमा लेख प्रकाशित गरेका छन् ।

पाकिस्तानमा धार्मिक हैसियतले नागरिकको पहिचान बन्ने काम शुरु भएको उनले उल्लेख गरेका छन् । गत केही सातामा, महिला अधिकार र शसत्तिकरणबारे सिकाई प्रदान गर्ने चार व्यावसायिक शिक्षकलाई पाकिस्तान सीमा क्षेत्रमा लडाकुहरुले पक्राउ गरेका थिए ।

त्यस्तै, अफ्गानिस्तानसँग सीमा क्षेत्रमा मोटरसाइकलमा आएका दुई अपरिचित व्यात्तिले गोली हानी एक प्रहरीको हत्या गरेको थियो । केही साताअघि, पाकिस्तानको पश्चिमी सीमा क्षेत्रमा एक दर्जन भन्दा धेरै सेना तथा अर्धसेनाहरु एम्बुस आक्रमण तथा लडाकुमाथिको कारबाहीको क्रममा मारिएका थिए ।

पाकिस्तानमा धर्मले राष्ट्रियता बलियो बनाउने भन्दा पनि धार्मिक अतिवाद र असशिष्णुता फैलिएको विज्ञहरुको बिश्लेषण छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना