दुई सय ७० सवारी साधन कारवाहीमा « Khabarhub

दुई सय ७० सवारी साधन कारवाहीमा


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधनलाई कारवाही गरेको छ ।

निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उनले जानकारी दिए  । नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा नियन्त्रणमा लिइएको छ ।

इनरुवाको महेन्द्रचोक क्षेत्र सिल

सुनसरी जिल्ला प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ ।

तीन दिनमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित  भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उनले जानकारी दिए ।

सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिल गरिएको प्रजिअ ढकालले बताए । चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुगेका थिए ।

जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्‍याउन नगरवासीलाई उनले  आग्रह गरे ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ११ : १० बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर