लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा « Khabarhub

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा पेश गरेका छन् । राजीनामा आजै स्वीकृत भइसकेको छ ।

आजै प्रदेशसभाको विशेष अधिवशेनमा पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव टेबल हुने तयारी भइरहँदा उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश गर्ने शनिबारको कार्यव्यवस्था परामर्श समिति बैठकले निर्णय गरेको थियो ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ ।

दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमार्फत आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव अघि बढाइँदै छ । त्यसका लागि सभाको बैठक दिउँसो १ बजे डाकिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा गत वैशाख ६ गते सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने शनिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ । तर उनले राजीनामा नै दिएपछि अब यो कार्यसूचीअनुसार बैठक अघि नबढ्ने देखिउको छ ।

संवैधानिक व्यवस्था अनुसार पोखरेले ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री नियुक्त हुन सक्ने समेत जनाइएको छ ।

८७ सदस्य रहेको प्रदेशसभामा हाल ८१ सांसद छन् । जसमा नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाहीपछि जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५४ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी