ब्राउन सुगरसहित दुई पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई पक्राउ


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन् ।

हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

यसैगरी रानालाई से१प ५०१८ नंको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा तीन दशमलव ९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

रानालाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । ब्राउन सुगरसहित पक्राउ परेका हमालमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : २५ बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र