धनुषामा २१ गतेदेखि निषेधाज्ञा जारी हुने « Khabarhub

धनुषामा २१ गतेदेखि निषेधाज्ञा जारी हुने


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले वैशाख २१ गते देखि ३१ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

बैठकले जनकपुरसहित जिल्लाभर बिहान ६ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकी धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

हाल धनुषामा सक्रिय संक्रमितको संख्या ४२० पुगेको छ । दैनिक १०० जनाको हराहारीमा धनुषामा संक्रमित थपिदै गएका छन् ।

सरकारले पहाडका जिल्लामा २ सय र अन्य तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १२ : २६ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान