धनुषामा २१ गतेदेखि निषेधाज्ञा जारी हुने | Khabarhub Khabarhub

धनुषामा २१ गतेदेखि निषेधाज्ञा जारी हुने


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना संक्रमणको हटस्पट बन्न थालेपछि धनुषामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले वैशाख २१ गते देखि ३१ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

बैठकले जनकपुरसहित जिल्लाभर बिहान ६ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकी धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

हाल धनुषामा सक्रिय संक्रमितको संख्या ४२० पुगेको छ । दैनिक १०० जनाको हराहारीमा धनुषामा संक्रमित थपिदै गएका छन् ।

सरकारले पहाडका जिल्लामा २ सय र अन्य तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १२ : २६ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण