कोरोनाले मृत्यु भएका शिक्षकका परिवारलाई १० लाख दिन अपिल | Khabarhub Khabarhub

कोरोनाले मृत्यु भएका शिक्षकका परिवारलाई १० लाख दिन अपिल


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणका कारण मृत्यु भएका शिक्षकका परिवारलाई सान्तवना स्वरुप १० लाख रुपैयाँ दिन नेपाल सरकारलाई स्थायी शिक्षक हकहित मञ्चले अपिल गरेको छ ।

मञ्चले आइतबार एउटा सूचना जारी गर्दै कोरोना संक्रमित प्रत्येक शिक्षकलाई दिएको एक लाख उपचार खर्च निरन्तर दिन, उपचार खर्च व्यवस्थापन गर्न र मृत्यु पश्चात दश लाख रुपैयाँ अपिल गरेका छन् ।

दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने शिक्षकहरु मनिषा थापा (बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कञ्चनपुर), मन्जु के सी (कञ्चनपुर), पार्वती न्यौपाने (बर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकय (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी, (दाङ), घनश्याम चौधरी, (नवलपरासी), बमबहादुर कुवर (गुल्मी), काषी सिं कार्की (कञ्चनपुर) लगायतका कोरोबाट मृत्यु भएका सबैको परिवारलाई सान्तवना रकम प्रदान गर्नुपर्ने मञ्चले जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संक्रमण तीव्र रुपमा बढिरहेको सन्दर्भमा केही स्थानीय तहले परीक्षा सञ्चालन ताकेता दिने, शिक्षकहरुलाई विद्यालयमा जान बाध्य गराईने काम तुरुन्त बन्द गर्न पनि मञ्चले अफिल गरेको छ ।

त्यस्तै, मञ्चले सपूर्ण शिक्षकहरुलाई स्वास्थ्य सुरक्षाको उचित मापदण्ड अपनाई अनलाइन कक्षा, परियोजना कार्य वा अन्य विधि अपनाई शिक्षण सिकाइलाई निरन्तरता दिनका साथै लिखितमौखिक परीक्षा बाहेक मूल्याङ्कनका अन्य साधनहरु (रुजु सुची, अवलोकन, घटनावृत अभिलेख आदिलाई) अपनाउन समेत आग्रह गरेको छ ।

No description available.

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : ०२ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी