आज रातिदेखि काभ्रेका मुख्य सडकमार्गमा निषेधाज्ञा « Khabarhub

आज रातिदेखि काभ्रेका मुख्य सडकमार्गमा निषेधाज्ञा


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ ।

जिल्ला कमान्ड पोष्टका संयोजकसमेत रहेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यही वैशाख २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिने बताए ।

जिल्लामा शनिबार मात्रै ९८ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो सङ्ख्यासहित हालसम्ममा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४०७ पुगेको छ । निषेधाज्ञाको समयमा काभ्रेपलाञ्चोकको भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ पाँच सय मिटरको क्षेत्र बन्द रहने भएको छ ।

त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डेहुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ दुई सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँबायाँ पाँच सय मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको पाँच सय मिटर दायाँबायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जेरोकिलोदेखि कुन्ताबेँशीसम्मको सडक दायाँबायाँ क्षेत्रको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिने भएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी सेवा, दूरसञ्चार, बैंक, वित्तीय सेवा, इन्टरनेट, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, क्वारेन्टिन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवामा प्रयोग भएका सवारी साधनहरुले विषय उल्लेख गरी सञ्चालन गर्न पाउने भएको छ भने जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनले राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

सो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालन गरेर अत्यावश्यक सामग्री खाद्य सामग्री बेचबिखन, तरकारी, औषधि पसल सञ्चालन गर्न पाइने भएको छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य आवश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने छ ।

निषेधाज्ञाको समयमा होटेल तथा रेष्टुरेन्टले होम डेलिभरी दिन सक्ने र विवाह, व्रतबन्ध आयोजनाका लागि दुलाहदुलहीसमेत २५ जनाभन्दा बढी नहुने गरी सहभागी हुन पाउने र त्यसका लागि कुनै अर्को ठाउँमा जानुपर्ने तथा फर्कनुपर्ने भएमा दुईवटा सवारी साधनमा बढीमा १५ जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जान सकिने व्यवस्था गरिएको छ ।

कार्यालय सञ्चालनका लागि भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाले आफ्नो कार्यालयले कर्मचारीको अवस्था हेरी माथिल्लो निकायको स्वीकृत लिई आलोपालो सेवा र अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १ : २३ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर